९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते १३:३५ मा प्रकाशित

घरान, १८ कात्तिक- धरानको बराहक्षेत्र नगरपालिका- ३ नडाहास्थित एक घरबाट ९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ परेका छन् ।

जुवा खेलाइरहेको सूचनाका आधारमा धरानबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिमिल्सिनाले जुवाडेका १२ थान मोबाइल पनि बरामद गरिएको बताए ।

उनका अनुसार पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

उनीहरुमाथि केही सार्वजनिक अपराध र सजाय ऐन-२०२७ अनुसार  कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us