काठमाण्डू, १८ कात्तिक- राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूका हातबाट भाइटीका लगाएका छन् ।
बहिनीहरु शारदा पण्डित र चन्दा ओझाबाट राष्ट्रपति भवन शीतल निवासमा टीका ग्रहण गरेका हुन् ।
राष्ट्रपतिले शुभसाइतमा विधिपूर्वक टीका लगाएको उनको सचिवालयले जनाएको छ ।
बहिनीहरुबाट टीका लगाएपछि राष्ट्रपतिले पनि उनीहरुलाई टीका लगाइदिएर उपहार र दक्षिणा प्रदान गरेका थिए ।