काठमाण्डू, १७ कात्तिक- उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन् ।
वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
कार्यक्रममाविश्वका १५० भन्दा बढी देशका शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् ।
उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन् । त्यसक्रममा उनले नेपालले वस्ती विकासका क्रममना भोगेका समस्या र हासिल गरेको उपलब्धी तथा जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउने उनको सचिवालयले जनाएको छ ।
नोभेम्बर ४ देखि ८ सम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ ।
टोलीमा उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, मन्त्रालयका कर्मचारी सहभागी छन् ।