प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान

काठमाण्डु टुडे २०८१ कार्तिक १८ गते १०:२५ मा प्रकाशित

काठमाण्डू, १७ कात्तिक- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर संयुक्त राज्य बेलायत प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार महानिरीक्षक कुँवर इन्टरपोल बेलायत प्रस्थान गरेका हुन् ।

महासभा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुनेछ ।

कुँवरसँगै सशस्त्र प्रहरीका डिआईजी अन्जनीकुमार पोखरेल र नेपाल प्रहरीको इन्टरपोल शाखा प्रमुख एसपी कोमल शाह पनि बेलायत गएका छन् ।

महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमता सुदृढीकरण सम्बन्धी एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची लगायतमा विषयमा छलफल हुने प्रहरी मुख्यालयले जनाएको छ ।

यसैबीच महानिरीक्षक कुँवरको अनुपस्थितिमा अतिरिक्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले कार्बाहक प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us