ओलीलाई देउवाको ढाडसः आलोचनाबाट नडराउनुस्, म साथमा छु

काठमाण्डु टुडे २०८१ कार्तिक १७ गते १४:५१ मा प्रकाशित

भक्तपुर,१७ कात्तिक- कांग्रेस सभापति शेरबहादुर देउवाले आलोचनाबाट नडराउन प्रधानमन्त्री केपी ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् ।

कांग्रेस भक्तपुरले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिनुपर्ने बताए ।

ओलीमाथिको आलोचना तथ्यपरक नभएकाले नआत्तिन उनको सुझाव थियो ।

‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो ’, देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु ।’

देउवाले वर्तमान सरकारप्रति देशभरका पार्टी कार्यकर्ता सन्तुष्ट रहेको दाबी गरे ।

‘मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरु अहिले खुसी छन्’, उहाँहरुको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई भनिराख्याछन्’, उनले भने ।

समस्याविहीन समाज र ठाउँ कतै नभएको भन्दै देउवाले पार्टीमा समस्या समाधान गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us