सर्लाही, १७ कात्तिक- सर्लाहीको बरहथवा नगरपालिका–७ स्थित एक किराना पसलमा आगलागी भएको छ ।
स्थानीय किसुन दासको घरमा सन्चालित नरेश साहको किराना पसलमा गए राति आगलागी भएको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी डिएसपी गौतम थापाले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको जानकारी दिए ।
प्रहरी, स्थानीय र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आज बिहान मात्र आगलागी नियन्त्रणमा लिइएको उनले बताए ।
आगलागीको कारण खुल्न सकेको छैन। आगलागीको क्षति संकलन भइरहेको प्रहरीले जनाएको छ ।