कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्योःमाधव नेपाल

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १९:५७ मा प्रकाशित

काठमाण्डु,१६ कात्तिक-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीभित्र भ्रष्टीकरण र स्वार्थी प्रवृत्ति बढ्दै गएको बताएका छन् ।

पार्टी निकट जनसांस्कृतिक महासंघद्वारा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनको बाधक तत्व कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको भ्रष्टीकरण भएको पनि उनले बताए ।

भ्रष्टीकरण अन्त्य नभएसम्म मुलुकमा विकास तथा जनताको समस्या समाधान हुन नसक्ने उनको भनाइ थियो ।

‘अहिले कम्युनिस्ट पार्टीभित्र व्यक्तिवाद हाबी हुँदै गएको छ,’ अध्यक्ष नेपालले भने, ‘सामूहिक हित र वर्गीय हितका लागि स्थापित कम्युनिस्ट पार्टीमा स्वार्थी प्रवृत्ति बढ्दै गएको छ। भ्रष्टीकरण बढ्दै गएको छ । यो नै  प्रमुख समस्या हो ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले पछिल्लो समय पार्टी र नेताप्रति जनताको विश्वास गुम्दै गएको बताउँदै सच्चा कम्युनिस्ट एकताबद्ध भएर देश र जनताको समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

मुलुकमा दण्डहीनता र असल नेतृत्वको अभावमा जनतामा आएको नैराश्यताको अन्त्य गर्न कम्युनिस्ट पार्टीले विगतका गरेका कमीकमजोरी स्वीकार गरेर एकीकृत हुनपर्ने विचार उनले व्यक्त गरे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us