भौतिक पूर्वाधारमन्त्री साउदी अरेबियाको रियाद प्रस्थान

काठमाण्डु टुडे २०८१ कार्तिक १६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, १६ कात्तिक– भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल साउदी अरेबियाको रियाद प्रस्थान गरेका छन ।

सडक सुरक्षाबारे अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उनी शुक्रबार रियाद प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

रियादमा २ देखि ४ नोभेम्बरसम्म हुने सडक सुरक्षासम्बन्धी सम्मेलन आयोजना हुँदैछ ।

इन्टरनेशनल रोड फेडेरेसन, आईआरएफ ग्लोबल र साउदी अरेबियाको यातायात मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनमा विभिन्न राष्ट्रका प्रतिनिधि एवं विज्ञले सडक सुरक्षासम्बन्धी कार्यपत्र पेश गरी छलफल हुने कार्यक्रम रहेको पनि उनको सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us