काठमाण्डु, १६ कात्तिक– प्रहरीेले मोरङबाट जुवातास खेली रहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ ।
मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई गए राति प्रहरीले पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुक सहित पक्राउ गरीको मोरङ प्रहरीले जानकारी दिएको छ ।
सथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।