काठमाण्डु, १६ कात्तिक– सिराहामा यात्रुवाहक बस दुर्घना हुँदा ५ जना घाइते भएका छन । सिराहको मिर्चैया नगरपालिका–७ बक्री बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस दुर्घटनामा परेको हो ।
उदयपुरको कटारीबाट मिर्चैया आउँदै गरेको ना ३ ख ७०३४ नम्बरको बस साढे ११ बजेको समयमा पल्टिएको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये एक ५ वर्षीया बालिकाको अवस्था गम्भीर भने चार जनाको स्थानीय स्तरमै उपचार भइरहेको सिराहा प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर रहेकी बालिकालाई थप उपचारका विराटनगर पठाइएको छ । घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि सिराहा प्रहीले जनाएको छ ।