विपक्षी दलले सोमबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १५:२३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– प्रतिपक्षी दलहरुले भोली (सोमबार) नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन ।

शुक्रबार गठित कार्यदलले तयार गरेको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई बुझाउन लागिएको स्रोतले जानकारी दिएको छ । नेकपा माओवादी केन्द्रका शक्ति बस्नेत, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदलले तयार गरेको ज्ञापनपत्र भोली प्रधानमन्त्री ओलीलाई बुझउने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेसँग भेटघाट गरेर ध्यानाकर्षण गराउने एकीकृत समाजवादीका उपाध्यक्ष एवं कार्यदल सदस्य पाण्डेले जानकारी गराए। ‘प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने हो ।

राष्ट्रपति र सभामुखलाई हामीले यसो गरेका छौं है भन्ने जानकारी गराउने हो,’ पाण्डेले भने। कार्यदलका सदस्यहरुका अनुसार विपक्ष दलले मूख्य गरी बाढी पहिलोको कुरालाई ज्ञापनपत्रमा समावेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us