काठमाण्डु, ४ कात्तिक– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संध अखिल क्रान्तिकारीले एमालेको पार्टी कार्यालय बनाउन भन्दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ ।
देसको संघिय राजधानी काठमाण्डुमा चलाइएको अभियानमा हिजो सोह्रखुट्टे र माइतीघरबाट तीन हजार ४१३ रुपैयाँ संकलन भएको अखिल क्रान्तिकारीका उपाध्यक्ष क्षितिज सापकोटाले जानकारी दिएका छन ।
आइतबार प्रदर्शनीमार्गमा क्याम्पस जिल्ला संगठन र प्राविधिक जिल्ला संगठनले रकम संकलन गरेको सापकोटाले जानकारी दिएका छन । शनिबार र आइतबार संकलन भएको रकम एमालेको बैंक खातामा जम्मा गरिने उनले जानकारी दिएका छन ।
सत्ताको नेतृत्व गरेको एमालेले कीर्तिपुरमा पार्टी कार्यालय बनाउन १० रोपनी १४ आना जग्गा दान लिएको छ । व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गा दान दिएका हुन् ।