रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १३:४३ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

सभापति लामिछानेलाई शुक्रबार काठमाण्डुस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका सोही दिन राति नै पोखरा ल्याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी शनिबार बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा परेका कारण आज मात्रै अदालतमा उपस्थित गराइएको हो । अदालत बाहिर लामिछानेका समर्थक र सहकारी पीडित दुवै पक्ष जम्मा भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us