आज पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।

आइतबार बिहान कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

कोसी, मधेस, बागमती, र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो कोसी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाको पूर्वानुमान छ ।

कोसी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति पनि मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us