बालिकालाई बेश्यावृति गराएको आरोपमा गेष्टहाउस सन्चालक पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते २१:२३ मा प्रकाशित

काठमाण्डू, ३ कात्तिक- बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको आरोपमा नयाँ बसपार्कबाट एक गेस्टहाउस  सन्चालक पक्राउ परेका छन् ।

निमा गेष्ट हाउसका सञ्चालक नुवाकोट तादी गाउँपालिका-६ का २९ वर्षीय सुजन तामाङ  पक्राउ परेको प्रहरीले जनाएको छ ।

 मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले काठमाण्डूको टोखा नगरपालिका-९ बाट उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सुजनले बालिकालाई गेष्ट हाउसमा सरसफाइको काममा लगाइदिने भन्दै आर्थिक प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाएको खुलेको छ ।

एक महिनासम्म गेष्टहाउसबाट बाहिरसमेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको ब्यूरोको भनाइ छ ।

सुजन उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डूबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us