जनताले देशमा सरकार भएको अनुभूति गर्न पाएका छैनन्ःकोईराला

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १९:११ मा प्रकाशित

विराटनगर, ३ कात्तिक- कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक संघ मोरङको प्रथम अधिवेशन समारोहलाई शनिबार सम्बोधन गर्दै नेता कोइरालाले

गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खानमात्रै सरकार नबनेको बताए ।

सरकारमा बस्नेहरुले इमानदारीपूर्वक काम गरेर जनतालाई सरकार भएको अनुभूति दिनुपर्ने उनको भनाइ थियो ।  ‘गाडीमा झण्डा हल्लाउँदै हिँड्न र जनताले तिरेको करबाट सेवा सुविधा खानमात्रै सरकार बनेको होइन । मन्त्रीहरूले इमानदारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ’, उनले भने ।

उनले आर्थिक विकास र सुशासनमा सरकारले काम गर्न नसकेको हो कि भन्ने महसुस हुन थालेको बताए ।

उनले भने, ‘यो सरकार बनेको धेरै भएको छैन, तर यो बीचमा सुशासन र आर्थिक विकासको क्षेत्रमा जुन रुपमा काम हुनुपर्ने थियो, त्यसअनुसार काम भइरहेको छैन । सरकार परिवर्तन भएको अनुभूति जनताले गर्ने हो । मलाई लाग्छ, जनताले सरकार परिवर्तनको अनुभूति गरेका छैनन् ।’

कोलरालाले नेपाली जनताले धेरै चिज नखोजेको तर्क गर्दै भने, ‘सुशासन, आर्थिक विकास भए नेपाली जनता खुसी हुन्छन् । सुशासन र आर्थिक विकास भए रोजगारी सिर्जना हुँदै जान्छ ।’

सरकार परिवर्तन हुँदा पनि सुशासनमा कुनै सुधार नभएको भन्दै नेता कोइरालाले भने, ‘सुशासनविना आर्थिक विकास हुँदैन । सुशासन कायम गर्न सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्दछ ।’

कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने कोइरालाको भनाइ छ । उनले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।

‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ’, उनले थपे, ‘हामी ठूला दल छौं भन्ने दम्भ राखेर एकलौटी रुपमा संशोधन गर्न खोजिए त्यसलाई नेपाली जनताले स्वीकार्दैनन् ।’

नेता कोइरालाले सरकारमा रहेका दलले विपक्षी दल फुटाउने र राज गर्ने प्रवृत्ति बढे लोकतन्त्र नै खतरामा पर्ने चेतावनी दिए ।

उनले भने, ‘सरकारले दलसम्बन्धी अध्यादेश ल्याउने चर्चा सुनिँदैछ । दल फुटाउने गरी अध्यादेश ल्याइए लोकतन्त्र र सुशासनको धज्जी उड्नेछ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us