रवि लामिछानेप्रति मेरो पूर्ण सहानुभूति छः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १८:५७ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेप्रति आफ्नो पूर्ण सहानु्भूति रहेको बताएका छन् ।

पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्दोष कसैलाई पनि फसाइन नहुने बताए ।

‘रविजी वैकल्पिक राजनीति गर्ने भनेर आउनुभएको छ । उहाँको राम्रो होस् भन्ने कामना गर्छु । जुन ढंगले उहाँलाई आरोप लगाइएको छ, त्यसमा सत्यता नभए पनि यो प्रक्रियाको निरुपणमा म सघाउँछु भनेर आफैंले बोलिसक्नु भएको हुनाले उहाँप्रति मेरो पूर्ण सहानुभूतिका साथ यसलाई उहाँले पार गर्नुहुनेछ । यो प्रक्रियालाई टुंग्याउँछु भन्नुभएको छ भन्ने लाग्छ’, भट्टराईले भने ।

नेता भट्टराईले लोकतन्त्रमा विधिको शासन हुने भएकाले ठूलो सानो जो भए पनि दोषी भए कारबाही हुनुपर्ने बताए ।

उनले भने, ‘हाम्रो पार्टीको धारणा चाहिँ के हो भने लोकतन्त्र भनेको विधिको शासन हो । पारदर्शिता हुनुपर्छ । विधिको शासनमा चल्नुपर्छ । ठूलो सानो जो कोही भए पनि कसैलाई पनि अन्याय गर्न मिल्दैन । कोही निर्दोष छ भने फसाइनु हुँदैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us