काठमाण्डु, ३ कात्तिक– ललितपुरको सातदोबाटोमा एक बसमा आगलागी भएको छ ।
आज शनिबार दिउँसो महानगर यातायातको बा ४ ख १०४ नम्बरको बसमा आगलागी भएको ललितपुर प्रहरीले जानकारी दिएको छ ।
रोकेर राखिएको बसमा आगलागी भएकाले कुनै मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
तर, बस भने जलेर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ । आगालगीको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।