काठमाण्डु, ३ कात्तिक– पूर्वमन्त्री एवं रास्वपा सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन ।
आज शनिबार पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता श्रेष्ठले यस्तो सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने बताएका छन ।
उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने बताउँदै अरू दल र रास्वपामा यँही फरक रहेको बताएका छन ।
उनले आन्दोलनमा नक्कली सहकारी पीडित घुसेर बिथोल्न आउने सूचना पाए पनि रास्वपाले शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि उनीहरू पछि हटेको पनि बताएका छन । गुमाउन केही चिज पनि बाँकी नभएकोसँग राज्यसत्ता डराउनु नपर्ने श्रेष्ठले बताएका छन ।