रवि लामिछानेका सर्मथकद्धारा माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– काठमाण्डुको माइतीघरमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै उनका सर्मथक हरुले विरोध प्रदर्शन सुरु गरेका छन ।

आज शनिबार रास्वपाको आयोजनामा माइतीघरमा प्रदर्शन गरिएको हो । विरोध प्रदर्शनमा सहभागीहरूले सरकारको सो कदमको विरोध गरेका थिए ।

उनीहरुले केपी ओली नेतृत्वको सरकारमा दुई तिहाइको घमन्ड बढेको भन्दै उसको कदमले जनताले दुःख पाएको भन्दै आक्रोश व्यक्त गरेका छन ।

प्रदर्शनकारीहरूले वास्तविक सहकारी ठगीलाई कारबाहीको माग गरेका छन् भने रवि लामिछाने निर्दोष रहेको दाबी समेत उनीहरुले गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us