दशैंको टीका लगाउन मामाघर गएका मानन्धर होटलमा मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ११:३० मा प्रकाशित

हेटौंडा, ३ कात्तिक– हेटौंडा उपमहानगरपालिका–२ स्थित उक होटलमा पुरुष मृत फेला परेका छन् ।

स्थानीय पल्पसा प्याराडाइज होटेलमा काठमाण्डु महानगरपालिका–७ चावहिलका ४७ वर्षीय अजय मानन्धर शुक्रबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनी गत २७ असोजदेखि उक्त होटेलको ४०५ नम्बर कोठामा बस्दै आएका थिए ।

मानन्धर हेटौंडास्थित मामाघरमा दशैंको टीका लगाएर आएपछि सोही होटेलमा बसेका मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

शुक्रबार साथीहरुले उनलाई धेरैपटक फोन गर्दा रिसिभ नभएपछि ढोका फुटाएर हेर्दा मृत भेटिएको प्रहरीको भनाइ छ ।

डिएसपी अर्यालले मृत्युको कारणबारे थप अनुसन्धान गरिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us