काठमाण्डुका यी स्थानमा आज तीनदेखि चार घन्टा विद्युत अवरूद्ध हुने

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ८:५६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– नेपाल विद्युत प्राधिकरणले काठमाण्डुका विभिन्न स्थानमा आज तीनदेखि चार घण्टा विद्युत अवरूद्ध हुने भएको छ ।
प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा शनिबार दिउँसो केही समय विद्युत अवरूद्ध हुने जनाएको हो ।

महाराजगन्ज वितरण केन्द्रको मण्डिखाटार फिडरअन्तर्गत बासबारी, चक्रपथ, मण्डिखाटार र गोल्फुटार क्षेत्रमा मध्याह्न १२ बजेदेखि अपराह्न ३ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणको भनाइ छ ।

सोही वितरण केन्द्रको सुकेधारा फिडरअन्तर्गतका एकतावस्ती, न्यू कोलोनी र मण्डिखाटारमा पनि मध्याह्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

यस्तै कुलेश्वर वितरण केन्द्रको चःमति फिडरअन्तर्गतका क्षेत्रहरूस कालीमाटी, टंकेश्वर, डल्लु, स्वयम्भू, भगवानपाउ, डल्लु आवास, रेन्बो स्कुल, जनसेवा मार्ग, बिजेश्वरी, रामटोल, चःमति, अजिमा महेन्द्र रत्न कलेज, कलस अपार्टमेन्ट, चागल, जिल्ला शिक्षा कार्यालय, डल्लु झोलुंगे पुल लगायतका स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

ती क्षेत्रमा ‘प्रिभेन्टिम मेन्टिनेन्स’ का लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले विद्युत सेवा अवरूद्ध हुने पनि प्राधिकरणले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us