चितवन, ३ कात्तिक– इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा एक थुनुवाको मृत्यु भएको छ ।
चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले अपराधिक लाभ कसुर मुद्दाका थुनुवा रत्ननगर–१३ का ४५ वर्षीय महमद क्यामोदिनको मृत्यु भएको पुष्टि गरे ।
उनको शव थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।
उठाउँदा नउठेपछि उपचारका लागि भरतपुर अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेको डिएसपी रिजालले बताए । शव भरतपुर अस्पतालमा राखिएको छ ।