काठमाण्डु, ३ असोज- सभापति रवि लामिछानेको पक्राउविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज काठमाण्डु र पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ ।
रास्वपाले बिहान ११ बजे पोखराको चिप्लेढुंगा र दिउँसो १ काठमाण्डुको माइतीघर मण्डलमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै विरोध प्रर्दशन गर्न लागेको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरी स्थलमार्गबाट राति नै पोखरा लगिएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार सिआईबीको टोलीले उनलाई पक्राउ गरेको थियो ।