रवि लामिछानेलाई आइतबार मात्र अदालतमा उपस्थित गराइने

काठमाण्डु टुडे २०८१ कार्तिक ३ गते ८:०२ मा प्रकाशित

काठमाडौँ, २ कात्तिक :
पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बनस्थलीस्थित पार्टी कार्यालयबाट शुक्रबार प्रहरी टोलीले रास्वपाका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पक्राउ पर्नुअघि पार्टी कार्यालयमा भेला भएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाण्डु, ३ असोज- सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।

जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाण्डुबाट पक्राउ परेका लामिछानेलाई स्थलमार्ग हुँदै राति नै पोखरा ल्याइएको हो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्र अदालतमा उपस्थित गराइने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us