माछापुच्छ्रे सहकारीका अध्यक्ष कर्ण जेल चलान

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते २१:०८ मा प्रकाशित

विराटनगर, २ कात्तिक–विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अमलेश कर्ण बचतकर्ताको रकम ठगी आरोपमा कारागार चलान भएका छन् ।

जिल्ला अदालत मोरङले शुक्रबार पुर्पक्षका लागि कर्णलाई थुनामा राख्न आदेश दिएको हो ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले न्यायाधीश अरुणकुमार झाको इजलासले कर्णलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको बताए ।

कर्णविरुद्ध बिहीबार जिल्ला अदालत मोरङमा ठगी आरोपमा मुद्दा दायर भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले अध्यक्ष कर्णसहित उपाध्यक्ष सनातन मण्डल, सचिव उत्तम ढुंगेल, सञ्चालक प्रभाकर थापासहित १ सय ९ जनालाई प्रतिवादी बनाएर बिहीबार मुद्दा दायर गरेको थियो ।

जसमध्ये २१ सहकारी सञ्चालक र बाँकी सबै खराब ऋणी हुन् । कर्णले ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना गरेको प्रहरी प्रतिवेदनले औंल्याएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us