प्रमुख प्रतिपक्षी दलद्वारा सरकारविरुद्ध आन्दोलको तयारी

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते १२:०० मा प्रकाशित

काठमाण्डू, २ कात्तिक- प्रतिपक्षी दलहरूले सरकारविरुद्ध आल्दोलनको तयारी गरेका छन ।

त्यसका लागि की ग़ल्ले तीन सदस्यीय साझा संयन्त्र गठन गरेका छन् ।

प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शुक्रबार बिहान प्रतिपक्षी दलहरुको बैठक बसेको थियो ।

बैठकले माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, एकीकृत समाजवादीका उपाध्याय राजेन्द्र पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल रहेको कार्यदल गठन गरेको हो ।

बैठकमा माओवादी, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, लोसपा, नाउपा र आमआदमी पार्टी सहभागी थिए ।

बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

सरकारले लामिछानेलाई  पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय भएको बैठकमा सहभागी आमजनता पार्टीका अध्यक्ष प्रभु साहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us