टिपर दुर्घटनामा चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २ गते ९:१३ मा प्रकाशित

दाङ, २ कात्तिक- दाङको घोराही–तापासडक खण्डअन्तर्गत बंगलाचुली गाउँपालिका– ४  जुम्लेपानीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रा१ख १८५७ नम्बरको टिपर दुर्घटनामा गढवा गाउँपालिका – ७ का २९ बर्षीय प्रभु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घोराहीबाट थारातर्फ जाँदै गरेको खाली टिपर शुक्रबार बिहान १ बजेतिर सडकबाट करिब ८०  मिटर तल खसेको दाङ प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बताए ।

शव पोष्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us