काठमाण्डु, १ कात्तिक– प्रहरीले कैलालीबाट साढे २० क्विन्टल चिनी बरामद गरेको छ ।
कैलालीको कैलारी गाउँपालिका–८ को लौंसाबाट बिहीबार भारतबाट ल्याइएको १६ लाख ८७ हजार मूल्य बराबरको चिनीसहित बरामद गरी गाडीलाई पनि नियन्त्रण्मा लिइएको कैलाली प्रहरीले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले सु प प्र–०१००१ च ३९५७ नम्बरको गाडीसहित अवैध चिनी बरामद गरीएको प्रहरीले जनाएको छ ।
५० किलो तौल भएका ४१ बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कैलालीले जानकारी दिएको छ ।
बरामद गरीएको चिनी र गाडी आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।