काठमाण्डु, २८ असोज– दशैं मनाउन घर गएकाहरु काठमाण्डु फर्कन थालेका छन् ।
काठमाडौं उपत्यका भित्रिने सवारी साधन र यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ ।
दशैँ मनाउन घर गएका यात्रु दशैँको टीका लगाएर उपत्यका भित्रन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
घटस्थापनादेखि अष्टमीसम्म दशैँ मनाउन यो वर्ष करिब १३ लाखले उपत्यका छाडेका थिए ।
यद्यपि गत वर्षहरुको तुलनामा दशैंमा उपत्यका छाड्नेहरुको यो संख्या कम हो । अघिल्लो वर्षको दशैंमा १८ लाखले काठमाण्डु उपत्कया छाडेका थिए । मानिसहरु फर्कन थालेसँगै उपत्यकाका सडकमा सवारी चाप क्रमशः बढ्दै गएको छ ।
आइतबारको तुलनामा आज सोमबार धेरै यात्रु काठमाण्डु फर्कनेछन् ।