कपिलवस्तु, २८ असोज– कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौको काठ लोड गरिएको ट्याक्टरसहित एक जना पक्राउ परेका छन् ।
लु३त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए ।
चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा संलग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले बताए ।