लमजुङ, २७ असोज- लमजुङमा जिप दुर्घटना हुंदा २२ जना घाइते भएका छन् ।
सारिङबाट सदरमुकाम बेशीसहर जाँदै गरेको ग१ज८५५१ नम्बरको जिप मकैडाँडा मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते पाँच जनालाई चितवनको भरतपुर पठाइएको छ ।
बाँकी १७ जनाको बेशीसहरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लमजुङ प्रहरीका प्रहरी निरीक्षक राजकिशोर साहले दुर्घटनाको कारण खेजी भइरहेको बताए ।