दाङ, २७ असोज- दाङको दंगीशरण गाँउपालिका-३ रावत गाँउबाट ११ जुवाडे पक्राउ परेका छन् ।
शनिबार राति साढे दश बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट एक लाख ६ हजार ६ सय ५० नगद बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले पक्राउ परेकाहरूमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जानकारी दिए ।