झापामा मोटरसाइकल दुर्घटनामा परी दुईको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २७ गते १२:५० मा प्रकाशित

झापा, २७ असोज- झापामा मोटरसाइकल दुर्घटनामा  दुईजनाको मृत्यु भएको छ ।

केर्खाबाट दमकतर्फ जाँदै गरेको को२७ प३५१३ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तरगत कमल गाउँपालिका-४ अमलडाँगीमा गएराति १२ बजे अनियन्त्रित भई आफैं पल्टिएर दुर्घटना भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-८ का ३३ वर्षीय अनिलकुमार लिम्बू र मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई तत्काल दमक अस्पताल लगिएकामा चिकित्सले तत्काल मृत घोषित गरेका थिए ।

 तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us