रौतहट, २७ असोज- रौतहटमा दुर्गा मेलाबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका-६ कर्कचका ५६ वर्षीय भोला राय यादव रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट मेडइन यूएसए लेखिएको अटोमेटिक पेस्तोल बरामद भएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जानकारी दिए ।
यस्तै प्रहरीका रायको साथबाट पेस्तोलको म्याग्जिन एक थान, गोली चार राउण्ड र सर्ट गनको गोली दुई राउण्ड बरामद भएको छ ।