काठमाण्डू, २७ असोज- प्रहरीले भैंसेमा पहिरो खसेकाले काठमाण्डूबाट आउने हेटौंडा जाने र आउने यात्रुलाई सो सडक भएर यात्रा नगर्न आग्रह गरेको छ ।
इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा सडक पहिरोका कारण अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
हेटौंडा-काठमाण्डू यात्रा गर्दा त्रिभुवनराजपथ वा कान्तिलोकपथ प्रयोग गर्न प्रहरीले भनेको छ ।
इलाका प्रहरी कार्यालय भीमफेदीकी प्रमुख प्रहरी निरीक्षक ललिता ढकालले कुलेखानी सिमखोला नजिक हेभीको उकालोमा सडक बिग्रिएको बताइन् ।
प्रहरीले सवारी साधन डाइभर्ट गरी भैंसेबाट त्रिभुवनराजपथको पालुङ हुँदै काठमाण्डू पठाइरहेको छ ।