मकवानपुर, २७ असोज- गुडिरहेको यात्रु बसमा माथिबाट खसेको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथअन्तर्गत हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा यात्रारत मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षीया रिकु थिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्रिभुवन राजपथ हुँदै भीमफेदीको ईचुङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३३१० नम्कोबरको स्थानीय रुटमा चल्ने बसमा अचानक माथिबाट ढुंगा खसेर थिङलाई लागेको थियो ।
गम्भीर घाइते भएकी उनलाई हेटौंडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि चितवन लगिएको थियो ।
उपचारकै क्रममा थिङको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय मकवानपुरले जनाएको छ ।