पूर्वराजा ज्ञानेन्द्नले दशैंको टीका लगाई माग्नेलाई खुट्टा ढोगाए

काठमाण्डु टुडे २०८१ असोज २६ गते १८:५४ मा प्रकाशित

काठमाण्डू, २६ असोज- पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार सर्वसाधारण र शुभेच्छुकलाई दशैंको टीका लगाएका छन् ।

उनले निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका हुन् ।

दिउँसो ४ बजेपछि पुर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवास जानेलाई टीका र जमरा लगाइदिएका थिए ।

पूर्वराजाको हातबाट नायिका मनिषा केइरालाले पनि टीका लगाइन् ।  टीका लगाउनेमध्ये अधिकांशले ज्ञानेन्द्रका अगाडि घुँडा टेकेका थिए । 

केहीले भने खुट्टै ढोगेको देखिन्थ्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us