प्रधानमन्त्री ओलीले लगाए टीका

काठमाण्डु टुडे २०८१ असोज २६ गते १३:४१ मा प्रकाशित

काठमाण्डु, २६ असोज- प्रधानमन्त्री केपी ओलीले दशैंको टीका लगाएका छन् ।

बुबा मोहनप्रसाद ओलीको हातबाट शुभसाइतमा उनले विजयादशमीको टीका ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले श्रीमति राधिका शाक्य र परिवारका अरु सदस्यलाई पनि टीका लगाइदिएको उनको सचिवाललये जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ ।

यसपटक बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us