चक्रपथमा सशस्त्र प्रहरीले चलायो निःशुल्क बस

काठमाण्डु टुडे २०८१ असोज २५ गते १५:३४ मा प्रकाशित

काठमाण्डू, २५ असोज-  सशस्त्र प्रहरीले दशैंको अवसर पारेर शुक्रबारदेखि निःशुल्क बस सञ्चालन गरेको छ ।

शुक्रबार (आज) र टीकाको दिन भोलि (शनिबार) चक्रपथमा निःशुल्क बस सञ्चालन गरिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डिआईजी कुमार न्यौपानेले जानकारी दिए ।

पहिलो रूटअन्तर्गत सशस्त्र मुख्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज र बालाजुमा सञ्चालन गरिएको छ ।

यस्तै अर्को रुट प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज,गौशाला, कोटेश्वर , सातदोबाटो र कलंकी छ ।

चाडपर्बको समयमा सार्वजनिक सवारी साधन कम गुड्ने भएकाले सर्बसाधारणको सुविधाका लागि निःशुल्क बस सञ्चालन गरिएको न्यौपानेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us