१३ लाख मानिसले छाडे उपत्यका

काठमाण्डु टुडे २०८१ असोज २५ गते १५:१५ मा प्रकाशित

काठमाण्डू, २५ असोज-  दसैं पर्व मनाउन पछिल्लो एक सातामा काठमाण्डू उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् ।

ट्राफिक प्रहरी र यातायात व्यवसायीले उक्त संख्यामा सर्वसाधारण उपत्यकाबाट हाहिरिएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय संघ अध्यक्ष विजय स्वारले शुक्रबार साँझसम्म यो संख्या बढ्न सक्ने बताए ।

बाढीपहिरोका कारण यो वर्ष विगतको तुलनामा कमा मात्रले उपत्यका छाडेका हुन् । गत वर्षको दशैंमा १८ लाखले उपत्यका छाडेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us