केपी ओली र उनकी पत्नी राधिकाले गरे एमाले कार्यालयको वैदिक विधिपूर्वक शिलान्यास

काठमाण्डु टुडे २०८१ असोज २५ गते १४:२० मा प्रकाशित

काठमाण्डू, २५ असोज-  सरकार नेतृत्वकर्ता एमालेले पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र उनकी पत्नी राधिका शाक्यले संयुक्त रुपमा शुक्रबार काठमाण्डूको कीर्तिपुरमा कार्यालयको वैदिक विधिपूर्वक शिलान्यास गरे ।

एमाले सचिवालयको बिहीबारको बैठकले कीर्तिपुर नगरपालिका-२ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

बल्खुस्थित एमाले कार्यालय २०७२ सालको महाभूकम्पमा भत्किएको थियो । त्यसपछि केही वर्ष धुम्बाराहीमा रहेको एमाले कार्यालय हाल ललितपुरको च्यासलस्थित लुलसीलाल अमात्य प्रतिष्ठानमा छ ।

हालको कार्यालयमा यही वर्ष मात्र पटकपटक बाढीको सामना गर्नुपरेकाले स्थायी रुपमा कार्यालय भवन निर्माण गर्न लागिएको सो पार्टीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us