जुवा खालबाट ९ जना पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २५ गते ९:५२ मा प्रकाशित

रोल्पा, २५ असोज- रोल्पाको होलेरीस्थित एक होटलमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले बिहीबार राति ११ बजेतिर जुवाडे पक्राउ गरेको हो ।

जुवाडेको साथबाट ९१ हजार ६ सय १५ रुपैयाँ जफत गरिएको

इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक सरोज प्रजापतिले बताए । पक्राउ पर्नेमा सबै स्थानीय व्यापारी छन् ।

उनीहरुमाथि जुवा ऐनअन्तर्गत कारबाही अघि बढाइएको प्रजापतिले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us