जसले श्रीमतीमाथि खुर्पा प्रहारपछि आफैंलाई घाइते बनाए…

काठमाण्डु टुडे २०८१ असोज २५ गते ९:२४ मा प्रकाशित

दाङ, २५ असोज- दाङमा श्रीमानको प्रहारबाट श्रीमतीलाई गम्भीर घाइते भएकी छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जिल्लाको दंगीशरण गाउँपालिका-६ बागरका ५२ वर्षीय राजकुमार वादीले श्रीमती ४० वर्षीया नीरा वादीलाई खुर्पा प्रहार गरेका हुन् । विवाद भएपछि नीरा ८ दिनअघि माइत गएकी थिइन् ।

तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित माइती घरमा रहेकी नीरालाई राजकुमारले त्यहीं पुगेर खुर्पा प्रहार गरेको थापाले बताए ।

श्रीमतीमाथि खुर्पा प्रहार गरेपछि राजकुमारले आफूलाई पनि घाइते बनाएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us