रोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २५ गते ९:०७ मा प्रकाशित

रोल्पा, २५ भदौ- रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा माँड़ी गाउँपालिका-४ खस्रडाँडाका २५ वर्षीय अर्जुन डाँगीको मृत्यु भएको छ ।

रिजावाट घर्तीगाउँ तर्फ जाँदै गरेको लु १ ज ४५८० नम्बरको जीप राजीवाङ—घर्तीगाउँ भित्री सडक खण्डअन्तर्गत माडी वडा नम्बर ४ आरुवा भन्ने स्थानमा बिहीबार राति दस बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटनाको खबरपछि प्रहरी राति १२ बजेतिर मात्रै घटनास्थल पुगेको थियो ।

सडकबाट ६५ मिटर तल खसेको जीपबाट प्रहरीले स्थानीयको सहयोगमा अचेत अवस्थाका अर्जुनलाई उद्धार गरी स्थानीय मेडिकलमा पुर्‍याएका थिए ।

प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाएकोमा चिकित्सकले बिहान सवा २ बजेतिर मृत घोषणा गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us