पुण्य गौतममाथि रड प्रहार गर्ने दुई पक्राउ

काठमाण्डु टुडे २०८१ असोज २४ गते १५:१४ मा प्रकाशित

काठमाण्डू, २४ असोज- पुण्य गौतममाथि रड प्रहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले काभ्रे तेमाल घर भई भक्तपुर च्यामासिंह बस्ने ३० वर्षीय टासी लामा भन्ने संजिव तामाङ र रसुवा घर भई गोकर्णेश्वर नगरपालिका-४ बस्ने ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानलाई पक्राउ गरिएको जानकारी दिए । संजिवलाई मंगलबार र दिलबहादुरलाई बुधबार पक्राउ गरिएको अधिकारीले बताए । उनीहरूको साथबाट प्रहरीले एउटा रड र तीन थान मोबाइल बरामद गरेको छ।

एसपी अधिकारीका अनुसार उनीहरूमाथि ज्यान मार्ने उद्योग कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

गौतममाथि गोकर्णेश्वर नगरपालिका-८ बेशीगाउँस्थित सडकमा केही दिनअघि रड प्रहार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us