दसैंका लागि ८ लाखले छोडे काठमाण्डू

काठमाण्डु टुडे २०८१ असोज २४ गते १४:५५ मा प्रकाशित

काठमाण्डू, २४ असोज- घटनास्थापनदेखि (फूलपाति) बिहीबार बिहान ६ बजेसम्म ८ लाखभन्दा बढी यात्रु काठमाण्डूबाट बाहिरिएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्‍यक्ष विजय स्वारले अहिलेसम्म ८ लाख यात्रु दसैँ मान्न काठमाण्डू उपत्यकाबाट बाहिरिएको बताए । महासङ्घका अध्यक्षका अनुसा यसवर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ ।

उनले यसवर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । ‘सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने , “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन्।’

उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्याङ्क आउन बाँकी छ 

‘आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,’ स्वारले भने । काठमाण्डू उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरुमा ‘चेक’ भइरहेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us