काठमाण्डू, २४ असोज- काठमाण्डूबाट जनकपुरका लागि उडेको बुद्ध एयरको जहाजमा सवार एक यात्रुले इमर्जेन्सी ढोका खोल्ने प्रयास गरेका छन् ।
काठमाण्डूबाट बिहीबार बिहान साढे ५ बजे उडेको उडान नम्बर ५०५ को बुद्ध एयरको जहाज जनकपुर विमानस्थलमा कम भिजिबिलीटीका कारण अवतरण हुन सकेन ।
जहाजलाई डाइभर्ट गरी विराटनगर विमानस्थलमा अवतरण गराइएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले जानकारी दिए ।
अवतरण भएर जहाज धावनमार्गमा गुडिरहेका बेला ती यात्रुले इमर्जेन्सी ढोका खोल्न खोजेको कर्णले बताए ।
ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको बुद्ध एयर व्यवस्थापनले जनाएको छ ।