राँगाले हानेर शिक्षकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज २४ गते ११:५० मा प्रकाशित

पोखरा, २४ असोज- पोखरामा राँगोले हानेर एक शिक्षकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-३३ स्थित जनचेतना माविका शिक्षकसमेत रहेका आचार्यको राँगाले हानेर मृत्यु भएको हो ।

आफ्नै फार्ममा रहेका राँगा/भैंसी चराउन गएका बेला राँगाले हानेर आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राँगाले हाने पनि बुधबार मात्र शव भेटिएको हो ।

राँगा/भैंसी गोठ फर्किए पनि गोठालो नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us