बाढीपहिरोबाट घरबारविहीन नेपालीलाई दुर्गा भवानीले आत्मविश्वास प्रदान गरुनःदेउवा

काठमाण्डु टुडे २०८१ असोज २४ गते ११:३५ मा प्रकाशित

The Prime Minister, Shri Narendra Modi with the Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba, at Hyderabad House, in New Delhi on August 24, 2017.

काठमाण्डू, २४ असोज- कांग्रेसका सभापति  शेरबहादुर देउवाले सभापति देउवाले बडादसैंको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गरेका छन्।

बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले बडादसैंले समुदाय, संस्था, परिवार र व्यक्ति-व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै लगेको बताएका छन् ।

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको पर्वका रुपमा दसैं मनाउँदै आएको बताए ।

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको बताउँदै हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उनले बताएका छन् । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान रहेको उल्लेख गर्दै देउवाले दसैं एक धार्मिक र सांस्कृतिक पर्व भएको पनि बताएका छन् ।

उनले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गरेका छन् ।

दसैंको पूर्वसन्ध्यामा बाढीपहिरेको प्रकोपले मुलुक नै आक्रान्त भएको र हजारौं नागरिक घरवारबिहीन हुन पुगेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

‘मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन्। दसैंमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ,’ उनले सन्देशमा भनेका छन्, ‘हजारौं नागरिकका करोडौंका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना  गर्दछु।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us